coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपाल वाङमय साधना सम्मान प्रदान

नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाल वाङमय साधना सम्मान प्रदान गरेको छ।

मार्क्सवादी चिन्तक निनु चापागाईंको प्रमुख आतिथ्यमा नेपाली वाङमय साधना सम्मान-२०७७, २०७८ र २०७९ बाट क्रमश: कवि एवं कथाकार मातृका पोखरेल, कवि तथा समालोचक डा. अमर गिरी र समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गरिएको छ।

त्यसैगरी लघुकथाकथाकार श्याम आशा पद्मा रामचन्द्र लघुकथा सम्मान-२०७९ पुरस्कृत भएका छन्। पुरस्कृत व्यक्तित्वहरूलाई जनही १० हजार रुपैयाँका साथ प्रमाण-पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा राशाले अनुवाद गरेको श्याम आशाका लघुकथासंग्रह अघोषित आवाज अतिथिहरूबाट सामूहिक रूपमा विमोचन गरिएको थियो।

अनुवादक रासाले श्याम आशाका नेपाल भाषाका लघुकथा पढेर कथा लेख्न थालेको र धेरै मन पराएकाले नेपाली भाषामा अनुवाद गरेको बताए।

कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंले सम्मानित व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा मन्तव्यको क्रममा सम्मानित व्यक्तित्वहरूले प्राप्त सम्मानले आफूहरूलाई थप जिम्मेवार बनाएको बताए।

उक्त कार्यक्रम नेपाल वाङमय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: १ माघ २०७९ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App