१५ चैत्र २०८० बिहीबार
कला

वर्षाको प्रेममा वाधक विनोद

काठमाडौं- सत्या व्यान्डले तयार गरेको गीत ‘एउटै मुटु’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीत युट्युब मार्फत् सार्वजनिक गरिएको हो।
फिल्मी शैलीमा निर्माण भएको गीतमा वर्षा सिवाकोटी, मिलन र विनोद पौडेलको अभिनय रहेको छ।
भिडियोमा विनोदले पैसा दिई वर्षाको प्रेमिलाई अपराधमा संलग्न गराउँछन् र अन्त्यमा गोली लागेर उनको पनि मृत्यु हुन्छ । विनोदको यो चौथो भिडियो हो । र संयोगवश उनले अभिनय गरेका सबै भिडियोमा नकारात्मक भूमिका निर्वाह गरेका छन् । उनले आफूलाई नकारात्मक भूमिका मनपर्ने बताए।
‘अरु भन्दा नकारात्मक भूमिकामा मै आफूलाई सहज महसुस गर्छु । निर्देशकले पनि यस्तै भूमिका सुहाउने प्रतिक्रिया दिनु भएको छ। भोलिका दिनमा फिल्ममा पनि दर्शकले मलाई यस्तै भूमिकामा देख्न सक्नुहुन्छ,’ विनोदले भने।
गीतमा प्रदिप सिंहका शब्द रहेका छन् भने संगीत भने सत्या ब्यान्ड र प्रदिपको  रहेको छ । गीतमा स्वर हरि गुरुङको रहेको छ । अमृत सुनुवारले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

 

 

प्रकाशित: ८ असार २०७३ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App