१६ चैत्र २०८० शुक्रबार
कला

सिपोराको उकाली—ओराली (भिडियो)

काठमाडौं – टौदहबाट उकालो डाँडाको पश्चिम भागमा रहेको बोसनको टुप्पाको कच्ची बाटो छिचोल्दै डुकाटी मोटरबाइक रफ्तारमा आउँदै थियो। दुई जना अट्ने चर्को आवाज निकाल्ने ६ सय सिसीको उक्त मोटरबाइक नजिक आउँदै गर्दा त्यसमा सवार यात्रीहरुको परिचय खुल्दै गयो।

मोटरबाईकमा सावर दुईमध्ये एक थिइन्, भलिबल खेलमा स्थापित खेलाडी सिपोरा गुरुङ। उनी कच्ची बाटोमा रफ्तारले डुकाटी मोटरबाइक हाँक्दै थिइन्। फराकिलो बाटो नभएकाले भद्रा तौलको मोटरबाइक मुडाउन नसक्दा भने उनी बाइकबाट ओर्किरहनुपथ्यो।

सिपोरा र उनका साथीहरु केही दिनदेखि बोसनको थलीमा रहेको ह्वाईट हाउस भ्यु पोइन्ट रिर्सोटको चक्कर लगाउँदै थिए । बोसनको तल्लो भागमा भने उनीहरुको लागि खाना तयार हुँदै थियो। कच्ची बाटोमा छिचोल्दै उनीहरु फिल्म ‘भुँईमान्छे’को सुटिङ गर्दैथिए ।

सिपोराले कुदाएको मोटरबाइकको पछिल्लो भागमा अभिनेता सोहिन प्रजापति थिए। निर्देशक नवराज बुढाथोकी, क्यामेराम्यान बिदुर पाण्डे र अरु प्राविधिकहरुको ध्यान भने मोटरबाइकसँगै वरपरको रमणिय दृश्यमा थियो। उनीहरु रिर्सोटमा आराम गनुभन्दा सुन्दर दृश्यहरु कैद व्यस्त थिए ।

डाँढामा उनीहरुले अभिनेत्री सिपोरा गुरुङ र रमेश बुढाथोकीबीचको दृश्य खिचे । फिल्मको पर्दामा सिपोराको मामाको रुपमा देखिदैछन् रमेश बुढाथोकी । सुटिङको ब्रेकमा कलाकार रमेशले भने,‘सुटिङको दौरान विभिन्न रमणिय दृश्यले भरिभराउ स्थानमा पुगेपनि सुटिङको चटारो हुन्छ। रमणिय दृश्यको मज्जा लिन फेरि घुम्न आउने फुर्सद हुन्न्।’ अहिले दक्षिणकाली नगरपालिकाभित्र पारिएको बोसनमा घर हुनेहरुलाई बाइक अनिवार्यजस्तै छ । बाइक भयो भने आजतजावत गर्न सजिलो हुन्छ। नत्र ठाडो उकालोओरालो हिड्नुबाहेक विकल्प छैन ।

‘भुईँमान्छे’ युनिटले ठूला गाडी डाँढाको टुप्पामा नपुग्ने भएर एउटा जिप र केही बाइकको व्यवस्था गरेका छन्। नयाँ डुकाटी बाईकधनी प्रज्जवल श्रेष्ठका अनुसार वर्षाले चप्लो बनाएको कच्ची बाटोमा ठाडो उकालो उक्लिन ग्राहो भनेको बताए।

पोखरेली सिपोरा ‘घलेक द साइन अफ लभ’ र ‘यम्फावती दि प्रिन्सेस’ लगायतका गुरुङ चलचित्रमा सफल अभिनय गरिसकेकी छिन्। भलिबल र गुरुङ फिल्ममा देखिसकेकी सिपोरा नेपाली फिल्ममा भने पहिलो पटक देखिन लागेकी हुन्।

सुटिङमा आफ्नो पालो पर्खेर बसेका कलाकार र प्राविधिक हिडेर उकालो ओरालो गरिरहेका हुन्थे। सबैजना बोसनको उकालो ओरालो डाँढासँग अभ्यस्त भइसकेका थिए ।
‘वनफुल’ निर्देशन गरिसकेका नवराज ‘भुईँमान्छे’ खिच्न काठमाडौं उपत्यका वरपरका विभिन्न डाँढाहरु पुगिसकेका छन्। ‘फिल्मको सुटिङको लागि विभिन्न डाँढाहरु पुगिसकेको छु। सस्पेन्स फिल्म ‘भुईँमान्छे’मा सुन्दर गाँउको दृश्य चाहिने हुँदा बोसनको डाँढा उक्लेको हुँ।’

पोखरेली सिपोरा ‘घलेक द साइन अफ लभ’ र ‘यम्फावती दि प्रिन्सेस’ लगायतका गुरुङ चलचित्रमा सफल अभिनय गरिसकेकी छिन्। भलिबल र गुरुङ फिल्ममा देखिसकेकी सिपोरा नेपाली फिल्ममा भने पहिलो पटक देखिन लागेकी हुन्।

अध्ययनको लागि विदेश जान लागेकी सिपोरा फिल्म यात्रालाई निरन्तरता दिने चाहना पलाएको बताउँछिन् । टिनेजर गर्लको भूमिकामा देखिन लागेकी उनी फिल्मको कथा र आफूले पाएको भूमिकालाई न्याय गर्नेमा विश्वस्त छिन्। ‘साहसिक कुरा मनपराउने कलेज गर्लको भूमिकामा देखिदैंछु । फिल्मको सुटिङ सुरु गर्नुअघिको कार्यशालाले काममा सहयोग पुर्‍याइरहेको छ।’
पोष्टमार्टमको काम गर्ने मानिसको जीवनमा आधारित कथामा फिल्म निर्माण हुन लागेको हो। कलाकार रमेश बुढाथोकी पोष्टमार्टमको काम गर्ने मानिसको भूमिकामा देखिदैछन्। उनी फिल्मको भूमिकाको लागि अस्पतालमा पुगेर केही लाशहरुको चिरफार समेत नियालिसकेका छन्। पोष्टमार्टमको काम गर्ने मानिसको जीवनमा आउने उताढचढावमा फिल्म केन्द्रित छ।

नेपाली रंगमञ्च शैली थिएटर युनिटले स्थापना गरेको शैली इन्टरटेनमेन्ट एन्ड मूभिजले ‘भुईँमान्छे’ निर्माण गरिरहेको छ। ‘भुर्इँमान्छे’को ४० लाख लगानीमा निर्माण हुन लागेको हो।
नवराजले ‘भुईँमान्छे’ को गृहकार्य थालेको एक वर्ष भइसक्यो । ‘वनफुल’को काम सिध्याएपछि उनी थिएटरको गतिविधिमा व्यस्त भए। भूकम्पको ताका उनी ‘भुईँमान्छे’को लोकेसन हन्ट गर्न बोसन पुगेका थिए । फिल्ममा सिपोरा गुरुङ,रमेश बुढाथोकी, सानु ताम्राकार, सम्राट सापकोटा, प्रविण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, सहिन प्रजापति, शसांक बोहोरा, सौरभ ढकाल र नारायण न्यौपाने लगायतले अभिनय गर्दैछन्।

दशैंपछि रिलिज गर्ने लक्ष्य लिइएको ‘भुईँमान्छे’ आफ्नो कामलाई थप परिष्कृत देखाउन सक्दो मिहेनत गरिएको नवराज बताउँछन् । ‘करिव १५ दिनको सुटिङ सिध्याएसकेका छौं। सकेसम्म सुटिङ नलम्बियोस् भनेर काम गरिरहेका छौं,’नवराज भन्छन्,‘मैले काम सुधार्ने अवसर समेत पाएको हुँदा ‘वनफुल’ भन्दा पक्कै राम्रो फिल्म हुनेछ।’ डाँढाको भीरबाट दृश्य खिच्न क्यामेराम्यान बिदुरले केही सामान  अन्यबाट माग्नुपरेको थियो। ‘कहिलेकाँही कथावस्तु अनुसार रमणिय दृश्यलाई क्यामेरामा फ्रेमिङ गर्न चुनौती भएपनि सट लिन जाँगर पलाउँछ,’ उनले भने।

फिल्मलाई देवेन्द्र राईले संगीत दिएको छन् भने रोहिणी भट्टराई र हरि यादवले संयुक्तमा निर्माण गरेका हुन्। ‘भुईँमान्छे’ फिल्मको बाँकी सुटिङ राजधानी वरपर खिचिनेछ ।

प्रकाशित: ४ असार २०७३ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App