coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार प्रेरणाको ‘सुश्री पारिजात’ सार्वजनिक

गोविन्द गिरी प्रेरणाको जीवनीमूलक कृति ‘सुश्री पारिजात’ सार्वजनिक गरिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा साहित्यकार भुवन ढुंगाना, श्रीओम श्रेष्ठ रोदन र कृतिकार प्रेरणाले कृतिको सार्वजनिक गरेका हुन्।

साहित्यकार भुवन ढुंगानाले ‘सिउँडी’ पत्रिका निकाल्दा साहित्यकार पारिजातसँग चिनजान भएको र पारिजातले आफूजस्तै धेरैलाई साहित्य लेखनमा हौस्याएको संस्मरण सुनाइन्।

साहित्यकार ढुंगानाले पारिजातको जीवन कृतिमध्ये उक्त कृति पृथक् र पारिजात बुझ्न उपयुक्त भएको पनि बताइन्।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिकार प्रेरणाको परिचय दिंदै धेरै विधामा कलम चलाउने प्रेरणा यस पुस्तकको प्रकाशनले जीवनीकारको रूपमा चिनिएको बताए।

गोविन्द गिरी प्रेरणाले पहिल्यै शंकर लामिछाने, भूपि शेरचन र पारिजातको जीवनी लेख्ने निर्णय गरेको र तीमध्ये पारिजातमाथि अनुसन्धान गर्दै २० वर्ष लगाएर उक्त कृति लेखेको पनि बताए।

उक्त कृति फाइनप्रिन्टले बजारमा ल्याएको हो।

प्रकाशित: २३ मंसिर २०७९ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App