७ वैशाख २०८१ शुक्रबार
कला

साहित्यकार गोपाल अश्कका दुई कृति लोकार्पण

काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा साहित्यकार गोपाल अश्कका दुई कृति लोकार्पण भएको छ।

साहित्यकार अश्कका ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ र ‘साहित्यकार गोपाल अश्क’ (अश्कबारे विभिन्न विद्वानद्वारा लेखिएका लेखहरूको सँगालो) कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार ड़ा. ध्रुवचन्द्र गौतमले गरेका हुन्।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त कार्यक्रममा कृतिहरूबारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्राडा कुमार कोइरालाले समीक्षात्मक मन्तव्य दिएका थिए भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भाषा आयोगका अध्यक्ष उषा हमाल र नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकले शुभकामना दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि ड़ा. ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाको धनी भएको बताएका थिए।

कवि मधु पाठकले सञ्चालन गरेको सो समारोहको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ गरेका थिए भने समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित: १८ मंसिर २०७९ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App