७ वैशाख २०८१ शुक्रबार
कला

बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

लेखक नारायण वाग्लेको अत्यधिक चर्चित उपन्यास ‘पल्पसा क्याफे’  को नाट्य पुस्तिका सार्वजनिक भएको छ।  बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको हो।

किताब विमोचनका क्रममा कवि नवराज पराजुली र लेखक सुवेदीले पुस्तकको अंशलाई दृश्य र पल्पसा बनेर वाचन गरेका थिए। कवि पराजुलीको  रोचक प्रस्तुतिलाई दर्शकहरूले अभिरुचिपूर्वक ग्रहण गरेका थिए।

‘मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको छु कतिपय पात्रको भूमिकालाई ‘रिभर्स’ समेत गरेको छु।’ सुरज सुवेदीले भने, ‘झण्डै दुईदशक अघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदा अझ भनौं एउटा उपन्यासलाई नाटकमा रुपान्तरण गर्दा यो पुस्तक उपन्यास जस्तै भने छैन्।’  

उपन्यासलाई नाट्य रूपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको सुवेदीले बताए। नाट्य रूपान्तरण गर्दा उपन्यासले १५ वर्षअघि भनेको कुरा, युद्धले गरेको वाचा र युद्धले पुर्याउँछु भनेको ठाउँमा पुर्यायो कि पुर्याएन भन्ने कोणबाट पनि प्रश्न गरेको उनले बताए।

यो पुस्तकको आवरण तयार पार्दा ‘पल्पसा क्याफे’ उपन्यासको पहिलो संस्करणकै झलक दिन खोजिएको छ भने नाटकमा पल्पसा भएर अभिनय गर्ने नायिका श्रृष्टी श्रेष्ठलाई नै मोडलका रुपमा प्रयोग गरिएको छ।

यसको मुल्य दुइ सय ९५ रुपैयाँ मूल्य राखिएको यो कृति मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

प्रकाशित: १५ मंसिर २०७९ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App