coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती

विराटनगरमा मानवसेवा आश्रमको सहयोगार्थ हुन लागेको ‘नेपथ्य’ब्याण्डको साँगीतिक कार्यक्रमको जानकारी गराउँदै। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।  

विराटनगर, विरगञ्ज, हेटौंडा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटबल, पोखरा र काठमाडौंमा ‘नेपथ्य’ब्याण्डले आफ्नो साँगीतिक प्रस्तुती गर्ने छ। सहयोगापेक्षी सडक आश्रितहरुको उद्दार गर्दै आइरहेको मानसेवा आश्रमले ‘नेपथ्य’ब्याण्डसँगको सहकार्यमा साँगीतिक कार्यक्रम गर्न लागेको हो।    

मानसेवा आश्रमले आफ्नो निर्माणाधीन भवनको निर्माण कार्यलाई अघि बढाउनका लागि सहयोग स्वरुप सागीतिक कार्यक्रम गर्न लागेको मानसेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले बताए। ‘सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरी मानसेवा आश्रममा राख्दै आएका छौं,’ संयोजक केसीले भने, ‘अहिले यो संस्था नेपालका विभिन्न स्थानमा घर वहालमा लिएर त्यस्ता व्यक्तिहरुलाई राख्दै आएको छ। त्यस्ता सडकका मानवहरुका लागि स्थायी संरचना बनाएर सेवा गर्नका लागि सहयोग स्वरुप साँगीतिक कार्यक्रम गर्न लागिएको हो।’  

‘नेपथ्य’ब्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट विभिन्न १० सहरमा हुनेछ। ‘नेपथ्य’ब्याण्डले साँगीतिक कार्यक्रम प्रस्तुत गरे वापत कुनै रकम नलिने गरी सेवाका लागि गर्न लागेको संयोजक केसीले बताए। ‘उहाँहरुले हाम्रो प्रपोजललाई सहज स्वीकार गर्दै मानवसेवा आश्रमको भवन निर्माणका लागि सहयोग गर्ने भनेपछि कार्यक्रम तय भएको हो,’ संयोजक केसीले भने, ‘साँगीतिक कार्यक्रम लाग्ने अन्य प्राविधि शुल्क मात्रै तिर्नु पर्छ। अन्य उहाँहरुले कुनै रकम लिनु हुन्न।’

आश्रमको विराटनगर, सर्लाही, विरगञ्ज, लमजुङ, बाग्लुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ। शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा रहेको बताइएको छ।

नेपाललाई विक्रम संम्वत् २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ। विराटनगर–५ मा रहेको डम्बर सत्सङ सदुगुरु कविर सेवा आश्रमले मानसेवा आश्रमलाई १३ कठ्ठा ५ धुर जग्गा उपलब्ध गराएको छ। मानसेवा आश्रमले जग्गा प्राप्ती गरेपछि प्रदेश १ सरकार, विराटनगर महानगरपालिका लगायत विभिन्न समाजसेवीको सहयोगमा २० करोडको लागतमा भवन निर्माण भइरहेको छ। भवन निर्माण गर्नका लागि प्रदेश १ सरकारले ८० लाख र विराटनगर महानगरपालिकाले १ करोड रुपैयाँ दिएर काम भइरहेको छ। यस वर्ष पनि प्रदेश सरकार र स्थानीय सरकारले बजेट विनियोजन गरेको गरेको छ।  

विराटनगरमा १४ औं शाखाको रुपमा २०७६ भदौबाट सेवा सुरु गरेको हो। विराटनगर–१४ मा महिला र बाबुनानीहरु र विराटनगर–३ मा पुरुषहरुलाई संरक्षण गर्दै आएको छ। दुवै सेवा केन्द्रमा गरेर ४ बालक, ३ बालिका, ८५ पुरुष र ५६ जना महिला आश्रित रहेका छन्।  

विराटनगरमा हालसम्म ५ सय ५०  जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको संयोजक नवराज केसीले बताए। उद्दार गरिएकामध्ये २ सय ३५ जनालाई पारिवारिक मिलन, २५ जनाको सामुदायिक पुनस्र्थापना र ६९ जनाको निधन भएको छ।  १ सय २० जना परामर्श र उपचार पश्चात आफ्नो जीवन निर्वाह आफैंले गर्ने गरी घर फर्किएको संयोजक केसीले बताए।  

प्रकाशित: १४ मंसिर २०७९ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App