८ वैशाख २०८१ शनिबार
कला

रीताको डायरी

लघुकथा

भवानी मैयाँ पन्त

रीता आफ्नो देशको संस्कृति,चाडपर्वहरू निकै मन पराउँछिन्। दस कक्षा पढेकी रीताले राम्रो र नराम्रो दुवै छुट्याउन सक्छिन्। घरमा बुबा,आमा र उनी तीन जनाको परिवार थिए। रीतालाई आफ्ना हजुरबुबा र हजुरआमासँग बस्न नपाएकोमा धेरै नियाँस्रो लाग्दथ्यो। उनी आठ कक्षामा पढ्दै गर्दा हजुरबुबा र हजुरआमा बितिसक्नुभएको थियो।

एकपल्ट ठूलै पर्वका दिन रीताको बुबा-आमा कसरी पर्व मनाउने भनी अलमलिनुभएको थियो। यो देखेर रीताले सहज रूपमा जवाफ दिंदै भनिन्,‘यसमा किन पीर मान्नुहुन्छ? पोहोर-परार गरेको व्यवहार जस्तै गर्नुस् न।’

यति भन्दै उनले व्यवहार गर्ने तरीका बताइन्।

आफ्नो समस्या सहजै समाधान भएको देखी रीताको बाले सोध्नुभयो, ‘छोरी, यतिका कुरा तिमीलाई कसरी याद भयो?’

‘यो सबै करामत मैले तयार पारेको ‘डायरी’ को हो।’

रीताले पनि हजुरबुबा र हजुरआमासँग प्रत्येक चाडपर्व र संस्कृतिबारे सोचेर डायरीमा लेख्ने गरेको भेद खोलिन्।                        

प्रकाशित: ८ मंसिर २०७९ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App