७ वैशाख २०८१ शुक्रबार
कला

सुशील नेपाल र भग्नावशेषमाथि टोलाएको परेवा

समीक्षा

ममता मृदुल

बुवा राजेन्द्रप्रसाद र आमा मित्रबिंदा नेपालको सुपुत्रका रूपमा सुशील नेपालको जन्म भएको हो। ४० वर्ष अगाडिदेखि लेखेर राखिएको कविता यो संग्रहमा छन्। विराटनगरमा स्थायी घर भएका सुशील नेपाल हाल अमेरिकाको बोस्टनमा बस्छन्।

प्रकाशक राजमित्र प्रज्ञाप्रतिष्ठान रहेको छ। आवरण अमित घिमिरेको रहेको छ। बाबा राजेन्द्रप्रसाद नेपाल आमा मित्रबिंदा नेपालमा समर्पित गरिएको छ। पुस्तकको मूल्य २०२ रहेको छ।

भग्नावशेषमाथि टोलाएको कविता कृतिको पहिलो कविता रहेको छ। भुईंचालो, एक्लो मन र यो असहजता जस्ता ६५ वटा कविता यस पुस्तकमा सङगृहीत छन्।

यो सहर कवितामा:

एकाबिहानै स्नान गरेर

टिमिक्क कपाल कोरेर

सिनित्त भएर मुसुक्क हाँसेर

अगाडि कुनै ज्ञानको पुस्तक पल्टाएर

अध्ययनमा लीन हुन्छ

यो अमेरिकाको वनारस।

यो कवितामा बनारस र अमेरिकालाई तुलना गरिएको छ।

सुशील नेपालको भग्नावशेषमाथि टोलाएको परेवा

अचानो कवितामा,

निरन्तर प्रहार हुँदै गयो

अचानोतिर कसैले हेरेन?

उत्तानो परेर निरन्तर चोटले थलियो,

पटपट फुटे अनुहार

आफ्नो नियतिसँग सम्झौता गयो उसले,

पत्याउन गाह्रो छ,

ऊ इमानदार छ।

यो कवितामा अचानोसँग तुलना गरिएको छ।

प्रेमका कविता पनि लेखिएको छ।

जब मेरो मुरली बज्छ शीर्षकको कवितामा कवि लेख्छन्,

विश्वास गर, म त्यसमा समाहित हुन्छु

र तिम्रो चाहनाले व्याकुल हुन्छु

जब मेरो मुरली बज्छ।

छटपटाएको अतीत शीर्षकको कवितामा कवि यसरी पोखिन्छन्,

अचेल समयको लामो चुल्ठोमा

अल्झेको छ म हुनुको आभास

रहरहरू थला परेका छन्

विवशता बुई चढेको छ

आफ्नै आँगन कता हो कता लाग्छ

सँघारमा उभेर आमाले

थाकेको बाको बाटो हेरेको सम्झँदा

बाको थोत्रो साइकलको चेन फुस्कँदा

टन्टलापुरको घाममा थचक्क बसेर

चेन कस्दै गर्दा

बाटो हेरेर बस्नु हुने आमा

झल्याँस्स स्मृतिमा झुल्किनुहुन्छ।

आमाबुवाको यादमा लेखिएका कविता छन्।

देश प्रेम छ। प्रेममा डुबेका भाव छन्। समयले डोर्‍याएका पाइलाका डोब छन्। असन्तुष्टि छ। पीडा छ। खुसीको साथ बिताएका पल छन्। धेरै कुरा यो कवितासंग्रह समेटिएको छ।

धेरै वर्ष अमेरिका बसे पनि अमेरिकन बन्न नसकेको नेपाली मन छ। नेपालप्रति अगाध माया छ। यहाँ बिताएका पलपल नयन घुमिरहेको छ। बिदेसिनुको पीडा छोप्न सकिएको छैन। यो पुस्तकले धेरै कुरा बोलेको छ। जुन यहाँ केही समयमा व्यक्त गर्न सजिलो छैन। सुशील नेपालको सफल साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु।  

प्रकाशित: ६ मंसिर २०७९ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App