१६ मंसिर २०७९ शुक्रबार
कला

एक मुठी पसीना

कविता

सोनाम सज्जन किराती

मैले आज बिहानै उठेर

गएको थिएँ बजार

बजारभित्र पसेर

एक मुठी पसीनाको

किनबेच देखें

जुन पसीनामा लतपतिएर

सबेरैदेखि अबेरसम्म

ईश्वरहरूको दलालमा

मानिस तल्लीन थिए

सारै व्यस्त थिए

देखेको थिए हरिया कृषक

अर्गानिक सागपात

तर, आज बजारभित्र त

ती फलफूल सागपात त

बिराम देखे

जीर्ण, रुँग्न छिद्र परेर

अस्वस्थ घिनलाग्दो देखे

खै किन हो त्यो दलाल ईश्वरहरूले

यी सागपातहरूबारे नबोलेको

रासायनिक मलमा रमेर

हृष्टपुष्ट

किनौं-किनौं लाग्ने

तरकारीहरूको मात्र भाउ देखे

किन्नेहरू नसोधी

पसलेको मूल्यमा

ती सामान धमाधम सकिन्छन्

क्रेटहरू खाली भै जान्छन्

दूधे बालकहरूको

मुजा परेका आमाहरूलाई

थाहा छैन

मैले व्यापार हैन

विष छरेर उमारेर

फलेको तरकारी भाउ लिएको

अन्तत: समय सकिंदै जान्छ

रित्तिदै जान्छ

उसँग अर्गानिक

र निर्माण हुन्छ रासायनिक संसार

अनि ती दलाल प्रेतेश्वर मर्छन्

उनीहरूको कुनै चिहान हुँदैनन्

एकभित्रै

कैयौं थैलो भगवानहरूको

रूपमा प्रकटीकरण हुनेछन्

र तिनको मृत्युपछि

आमाले बल्ल थाहा पाउनेछिन्

त्यो एक मुठी पसीना

कमाउने माध्यमले त

यिनै मृत ईश्वरहरू पो बाँचेका रहेछन्

र देख्नेछिन् अजम्बरी सागपातको बिज

लोकल भएर रुँग्न

सपनाहरूको बोट

हेर्दै टिप्नेछिन् आनन्दको फल

सायद त्यही खाएर

जीवित भगवानहरू

कुनै बखत रमिरहेका थिए

असल सास फैलाएर

आज तिनै चुनाले पाकेको आँप खाएर

कतिन्जेल रम्नु

कतिन्जेल घुम्नु

कोरोना जस्तो भाइरसको

डर पिएर

कति हिंड्नु

पार नलाग्ने नाउमा तैरिएर

बरु सके भने

म त्यो एक मुठी पसीना हैन

एकेक गाँस पुर्‍याउन

अर्गानिक खेती रोज्ने छु

जस्लाई सघाउन बजार हैन

घर-टोल बस्तीहरूमा पुग्नेछु

जसरी स्वस्थ पर्यावरण हुर्कन्छ

उसको खातिर अब

बलिदान हुन तयार रहनुपर्छ

यसो नभए

प्राकृतिक शक्ति विनाश हुनेछ

विनाशबाट बचाउन

विशाल मरुभूमिहरूमा

शीतलता रोप्नुपर्छ

जुन अर्गानिक उत्पादनले बाँच्ने छ

बँचाउनुपर्छ।

प्रकाशित: ३ मंसिर २०७९ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App