८ वैशाख २०८१ शनिबार
कला

चुरोटको धुवाँले

बालकविता

प्रभा भट्टराई

दिक्क पार्‍यो हामीलाई चुरोटको धुवाँले,

यस्तो कुरो किन खै! बुझ्नु हुन्न बुवाले?

भात खाने पैसालाई धुवाँ किन्दै सकाउने,

को होला खै! संसारमा धुवाँ खाई अघाउने?

मैले खाने जाउलोको पैसा खायो धुवाँले,

यस्तो कुरो किन खै! बुझ्नु हुन्न बुवाले?

कुहिंदैछ फोक्सो रे! भित्रभित्रै बुवाको,

औषधि नै हुन्न रे! चुरोटको धुवाँको।

सर्वस्व नै सिध्यायो धुवाँले र जूवाले,

यस्तो कुरा किन खै! बुझ्नु हुन्न बुवाले?

डर लाग्छ हामीलाई चाला देख्दा बुवाको,

किन आफ्नो मुखमा आफैं आगो लगाको?

डढ्ने भयौं हामी नि! त्यै आगो र धुवाँले,

यस्तो कुरा किन खै! बुझ्नु हुन्न बुवाले?

प्रकाशित: ३ मंसिर २०७९ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App