खेल

जनकपुरले टस जित्यो, कर्णालीविरुद्ध पहिला फिल्डिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि भएको टसमा जनकपुर बोल्ट्सका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

अब कर्णाली याक्सले पहिले ब्याटिङ गर्नेछ।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ। अंक तालिकाको पुछारमा रहेका यी दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेका छन्।

जारी लिगमा ६ खेल खेलेका कर्णाली र जनकपुर दुवैको समान २–२ अंक मात्र छ। नेट रनरेटका आधारमा कर्णाली सातौं र जनकपुर आठौं (अन्तिम) स्थानमा छन्।

आजको खेल जित्ने टोलीले अन्तिम स्थानमा रहनबाट बच्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयास गर्नेछ।

यसअघि नै सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरिसकेका छन्।

प्रकाशित: २१ मंसिर २०८२ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App