शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफूले दुई विदेश भ्रमणको निमन्त्रणा अस्वीकार गरेको जानकारी दिएका छन्। उनले साउदी अरेबिया र इजरायलमा आयोजना हुने कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन्।
शुक्रबार फेसबुकमार्फत पुनले विगतजस्तै अहिले पनि निमन्त्रणा अस्वीकार गरेको बताएका छन्। देशको अर्थतन्त्र सुधार नभएसम्म प्रधानमन्त्री वा अर्थमन्त्री फेरिए पनि ठोस प्रगति नहुने उनको भनाइ छ।
साउदी अरेबियाले रियादमा आयोजना गर्ने मानव क्षमता पहलको तेस्रो संस्करणमा वक्ताका रूपमा सहभागी हुन मन्त्रीलाई निमन्त्रणा आएको थियो। त्यसैगरी इजरायलको जेरुसेलममा आयोजना हुने शैक्षिक सम्मेलनका लागि पनि औपचारिक निमन्त्रणा गरिएको थियो।
उनले लेखेका छन्,
लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइन। अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ??
प्रकाशित: २५ पुस २०८२ १३:०९ शुक्रबार