राजनीति

पूर्वाधार विकास समितिको बैठक मंगलबार बस्ने

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक मंगलबार बस्ने भएको छ। 

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुने समितिले जनाएको छ। 

बैठक समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। 

प्रकाशित: १४ वैशाख २०८३ १८:०९ सोमबार