राजनीति

रेग्मी सरकार चार दलको शिखण्डी र कठ्पुतली : थापा

काठमाडौं, वैशाख २ (नागरिक)- राप्रपा नेपालका अध्यक्ष कमल थापाले खिलराज रेग्मीको अन्तरिम चुनावी मन्त्रिपरिषद् चार राजनीतिक दलको शिखण्डी, कठ्पुलती र खेलौना बनेको आरोप लगाकएका छन्। उनले सरकारको गतिविधिप्रति शंका गर्दै भने- 'रेग्मी सरकारले चुनाव गरे पनि निष्पक्ष तथा स्वतन्त्र हुनसक्नेमा शंका उत्पन्न भएको छ।'  

'यो सरकार चार राजनीतिक दलको कठुपतली र शिखण्डी बन्नाजस्तो लागेको थिएन,' पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै थापाले भने, 'मन्त्रिपरिषद् तथा निर्वाचनमा आयोग राजनीतिक भागबण्डा गरिएको नियुक्तले भागबण्डाले प्रारम्भदेखि नै यसले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन सक्ने छैन।' उनले चुनावका लागि वैशाखबाट देशव्यापी जनजागरण अभियान सुरु गर्ने बताए।

उनले असारको पहिलो साता निर्वाचन हुने वातावरण हुँदाहुँदै पनि चार दल, सरकार तथा निर्वाचन आयोगको कारण हुन नसकेको बताए। उनले भने, 'चार दलीय संयन्त्र रहेसम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन सक्दैन। त्यसैले यो तत्काल भंग गरिनुपर्छ।'

प्रकाशित: २ वैशाख २०७० ०५:५७ सोमबार