अमेरिका, इजरायल र इरानबीचको युद्ध बिहीबार १३ औँ दिनमा प्रवेश गरेको छ।
इजरायलले इरानका साथै छिमेकी लेबनानको पनि चुनौतीको सामना गरिरहेको छ।
इरान समर्थक लेबनानका हिजबुल्लाह समूहले बुधबार इजरायलमा २०० वटा मिसाइल प्रहार गरेको टाइम्स अफ इजरायलले जनाएको छ।
यस्तै, इजरायलको वायु रक्षा प्रणालीले धेरैजसो रकेट र क्षेप्यास्त्रहरूलाई रोकेको दाबी गरेको छ।
इजरायली स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा देशभर विभिन्न आक्रमणमा १७९ जना घाइते भएको जानकारी दिएको छ। यससँगै युद्ध सुरु भएदेखि घाइते हुनेको कुल संख्या २,७४५ पुगेको मन्त्रालयले जनाएको छ। एजेन्सी
प्रकाशित: २८ फाल्गुन २०८२ १५:०० बिहीबार