स्वास्थ्य

रसुवा अस्पताललाई १७ प्रकारका स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

रसुवा अपांग पुनर्स्थापना केन्द्रले अस्पताललाई १७ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवनराज केसीलाई सामग्री हस्तान्तरण गरेका हुन्।  

ह्याण्डीक्याप इन्टरनेशनल(एचआइ)को सहयोगमा सञ्चालन भइरहेको कोभिड–१९ प्रतिकार्य परियोजनाअन्तर्गत ५ थान पीपीइ सेट, एन नाइन्टी फाइप मास्क ५० थान, सर्जिकल मास्क २ हजार, फेस सिल्ड २०, पञ्जा २ सय, चस्मा २०, डिजिटल थर्मामिटर २० वटा, फुट कभर ५ सय थान, स्प्रे पम्प एउटा, सेनिटाइजर ५ सय एमएलको ३५ बोतल, पल्स अक्सिमिटर ४ वटा लगायतका सामग्री प्रदान गरिएको हो।  

यसको मूल्य १ लाख ६२ हजार ८ सय ७९ रुपैयाँ रहेको छ। अहिले १७ प्रकारका सामग्री वितरण गरिएको र पुनः थप सामग्रीहरू उपलब्ध गराउन पहल गरिने संस्थाका अध्यक्ष गम्भीरमान लोले बताए।

केन्द्रले एचआइको सहयोगमा स्वास्थ्य र सामाजिक सुरक्षामा अपांगता भएका महिलाहरू र बालबालिकाहरूको पहुँचमा सहजीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ १०:१९ आइतबार

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन