स्वास्थ्य

रुसमा बस्ने एक नेपालीले लिए कोरोनाविरुद्धको भ्याक्सिन

रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्ध रुसले बनाएको भ्याक्सिन लिएका छन्।  गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लगाएर परीक्षणमा सहभागि भएका हुन्। 

नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो। सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। उनी त्यसै मध्येबाट छानिएको डा. केसीले बताए। 

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।  

उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो भ्याक्सिन लिएकोकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।  

यसअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताए थिए।  

उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने घोषणा गरेका थिए।

 

 

प्रकाशित: ३ आश्विन २०७७ १६:२२ शनिबार

कोरोना भाइरस कोरोना भ्याक्सिन