जुम्लाका ६ हजार पाँच सय ६ जना किशोरीहरूलाई पाठेघरविरुद्धको खोप (एच पिभि) लगाइएको छ। जसमध्ये ६ कक्षा र १० वर्षका १ हजार ३ सय ७२ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ५ हजार १ सय ३४ जना किशोरीहरू रहेका छन्।
खाेप अभियानमा जुम्लामा १ सय ६४ खाेप सेसन थिए। गत माघ २७ देखि फागुन ७ गतेसम्म जिल्लाका विभिन्न खोप केन्द्रमा लगाइएको थियो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सरकारको राष्ट्रिय खोप अभियान अन्तर्गत जुम्लाका ८ वटै स्थानीय तहमा लगाइएको खोपको तथ्यांक अनुसार ६ हजार ७ सय ३९ जना किशोरीलाई खाेप लगाउने लक्ष्य अनुसार ६ हजार पाँच सय ६ जना जना किशोरीलाई लगाइएको हो। जसअनुसार ९६.५४ प्रतिशतले खोप लगाएका प्रमुख सापकोटले बताए।
उनका अनुसार खोप लगाउनहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ८ सय जना किशोरी जसमध्ये ६ कक्षा र १० वर्षका १ सय ३९ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ६ सय ६१ जना (१०७.२४ प्रतिशत) छन्। यस्तै सिँजा गाउँपालिका ७ सय १५ जना जसमध्ये ६ कक्षा र १० वर्षका १ सय ४५ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ५ सय ७० जना (१०४.२३ प्रतिशत) छन्।
यस्तै तातोपानी गाउँपालिका ६ सय ७३ जना जसमध्ये ६ कक्षा र १० वर्षका १ सय ४१ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ५ सय ३२ जना (१०२.२८ प्रतिशत) छन्। यता गुठिचौर गाउँपालिकामा ४ सय १५ जना जसमध्ये ६ कक्षा र १० वर्षका १ सय २८ र ७-१० कक्षा ११-१४ वर्षसम्मका २ सय ८७ जना (९७.१९ प्रतिशत) छन्।
चन्दननाथ नगरपालिका १ हजार ४ सय २७ जना जसमध्ये ६ कक्षा र १० वर्षका २ सय ६५ र ७-१० कक्षा ११-१४ वर्षसम्मका १ हजार १ सय ६२ जना (९७.०७ प्रतिशत) छन्। यस्तै हिमा गाउँपालिका ८ सय ८ जना किशोरी जसमध्ये ६ कक्षा र १० वर्षका १ सय ५१ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ६ सय ५७ जना (९९.५१ प्रतिशत) छन्।
यस्तै पातारासी गाउँपालिका ८ सय ३ जना जसमध्ये ६ कक्षा र १० वर्षका १ सय ९१ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ६ सय १२ जना (८९.८२ प्रतिशत) छन्। तिला गाउँपालिकामा ८ सय ६५ जसमध्ये ६ कक्षा र १० वर्षका २ सय १२ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ६ सय ५३ जना (८२.७ प्रतिशत) किशोरीहरूलाई खोप लगाइएको छ।
तथ्यांक अनुसार २ सय ३३ जना किशोरीहरू खाेपबाट वञ्चित भएका छन्। जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर साेमैका अनुसार पहिलो पटक जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गतेदेखि सुरु गरिएको थियो भने दाेस्राे पटक सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखि खोप लगाइएको थियो।
खोप अभियान सफल पार्नका लागि ३ सय ३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू परिचालन गरिएको थियो। जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सबै किशोरीहरूलाई खोप लगाउन सूचना समेत गरेको थियो। तर बिहान धेरै चिसो भएका कारण विद्यालय ढिलो खोल्ने भएपछि लक्ष्य अनुसारको खोप लगाउन नसकिएको बताइएको छ।
जुम्लामा ८ हजार ९ सय २० भाइल खोप आइपुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित: १३ फाल्गुन २०८१ ०८:२३ मंगलबार