स्वास्थ्य

रेबिजको शंका गरिएको कुकुरले टोकेपछि १४ जना अस्पताल भर्ना

जुम्लामा रेबिजको शंका गरिएको घरपालुवा कुकुरले टोकेपछि १४ ना अस्पताल भर्ना भएका छन् । तातोपानी गाउँपालिकाका १४ जनालाई कुकुरले टोकेको थियो ।  

तातोपानी गाउँपालिका-२ सुन्दरगाउँका तुलाराम सार्कको कुकुरले गाउँलेलाई टोकेको वडानम्बर: ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।  

बिहान ७ देखि ८ बजेको समयमा मायालु रावतलाई कुकुरले टोकेको थियो । लगत्तै डाँगीवाडा हुदै गौतमवाडा, जैतपर, हाँकु हुँदै ऐरेनीबाट फर्केर धौलापानी, रावतवाडा, बाबिरा जर्मीसम्म गाउँगाउँमा मानिसलाई टोकेको थियो ।  

घाइते बिरामीहरुलाई स्थानीय  जनप्रतिनिधि, स्वास्थ्थ शाखा प्रमुख र घरपरिवारको पहलमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुर्‍याइएको छ ।  

सबैलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने भए पनि जुम्लामा खोप नभएपछि कालीकोटबाट ३२ डोज खोप लगिएको छ। कुकुरले हात, खुट्टा तथा छातीमा आक्रमण गरेको छ । 

प्रकाशित: २९ भाद्र २०८२ २१:१६ आइतबार