अमेरिकामा नेपाली जेनजीले गरेको आँट, शाहस र वीरताको तारिफ गरिएको छ । ओहायो राज्यको कोलम्बसमा नेपाली समूदायले नेपालमा परिवर्तनको चाहानाले जेनजी पुस्ताले उठाएको आजाव मजबुद रहेको उल्लेख गरेका छन् ।
यो विषम परिस्थितिमा देशको राजनीतिक मोड सही दिशामा लैजानुपर्ने जिम्मेवारीलाई अब दृढतापूर्वक अघि बढाउनुपर्ने कोलम्बसमा रहेका नेपाली समाजका अगुवाले सुझाएका छन् ।
सामाजिक सञ्जाललाई राज्यले नियन्त्रणमा लिएपछि आक्रोशित बनेको जेन जी पुस्ताले भ्रष्टाचार निर्मुल गर्ने एजेण्डालाई अघि सारेर देशभर प्रदर्शन गरेको थियो ।
सोमबार प्रदर्शनका क्रममा सरकारी पक्षले चलाएको गोली लागेर देशभरमा यो समाचार तयार पार्दासम्म २९ जनाको मृत्यु भएको छ । एक हजार ६१ जनाको विभिन्न २९ अस्पतालमा उपचार भइरहेको छ ।
यो घटनामा ज्यान गुमाएका जेनजीको आत्माको शान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली समुदायले बुधबार साँझ दीप प्रज्वलन गरेको स्थानीय लक्ष्मी उप्रेतीले जानकारी दिए ।
.jpg)
भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समवेदना सन्देशसहितको नेपाल निर्माणको अभियानमा जुटेका जेनजीको सम्झनामा गर्न आयोजित श्रद्धाञ्जली सभामा कोलम्बस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका नागरिकको उल्लेख्य उपस्थिति थियो ।
नेपाली राष्ट्रिय झण्डा बनाएर मैनबत्ती बाली नेपालको स्थायित्व, विकास र शान्तिको कामना गर्दै मृतकको आत्माको चीर शान्तिको कामनासहित घाइतेको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
प्रकाशित: २५ भाद्र २०८२ २२:०१ बुधबार



