प्रवास

टेक्ससमा नेपाली महिलाको गोली हानी हत्या

टेक्सस (एजेन्सी)— टेक्ससमा एक नेपाली महिलाको आफ्नै पसलमा गोली हानी हत्या भएको छ। टेक्ससको टेन्टन स्थित घर नजिकैको कोलनी स्टोरमा अज्ञात समूहले समिरा शिवाकोटी, ३१ लाई गोली हानी हत्या गरेको हो।

र्‍यापिडो कन्भिनियन्स स्टोर,७२० मेन स्ट्रिट प्रवेश गरी हत्याराले स्थानीय समयअनुसार ११ बजे गोली चलाएको थियो। उसले स्टोरमा ९० सेकेन्ड बिताएको थियो। त्यो अविधिभित्र हत्याराले पसलको केही सय डलर समेत लुट्न भ्यायो।



हत्यारा कालो रंगको कारमा आएको सीसीटिभी देखिएको छ। उसको बारेमा सूचना दिनेलाई १० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको छ।

समिरा श्रीमान् नवराज र दुई छोरीहरुका साथ टेक्सस बस्दै आएकी थिइन्। छोरीहरु ३ वर्ष र ९ महिनाका छन्।

भिडियो

प्रकाशित: २७ जेष्ठ २०७२ २३:४८ बुधबार