जनमत संग्रहको नतिजा आएपछि स्कटल्याण्डमा सरकार प्रमुखले एकताको आव्हान गरेका छन्। सरकार प्रमुख एलेक्स सेल्मोन्डले एकताको आव्हान गर्दै केन्द्रबाट अधिक अधिकारको माग गरेका छन्।
बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले संयुक्त अधिराज्य एक भएकोमा खुशी ब्यक्त गरेका छन्। प्रधानमन्त्री क्यामरुनले राष्ट्रिय एकताको लागि आव्हान समेत गरेका छन्।
स्कटल्याण्डको सबैभन्दा ठूलो सहर ग्लासगोमा भने स्वतन्त्रताको पक्षमा धेरै मत परेका छन्। जनमत संग्रहको अन्तिम दिन तिर धेरै मानिसले आफ्नो निर्णय बदलेको संञ्चारमाध्महरुले बताएका छन्। 'संभवत:उनिहरुलाई बेलायतबाट अलग हुनु जोखिम हो भन्ने लाग्यो' उनिहरुले भनेका छन्।
अहिले सम्मको नतिजा अनुसार स्वतन्त्रताको पक्षमा ४६ प्रतिशत र हुनुहुन्न भन्नेमा ५४ प्रतिशत मत रहेको छ।
जनमत संग्रहमा मतदानको लागि दिइएको मतपत्रमा 'के स्कटल्याण्ड स्वतन्त्र राज्य हुनुपर्छ?' लेखिएको थियो। मतदाताको हुनुपर्छ र हुनुपर्दैनको पक्षमा आफ्नो मत दिनु पर्ने थियो। यस भन्दा पहिला बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले एक साथ रहन र यूनाइटेड किङडम बचाउने पक्षमा मतदान गर्न अपिल गरेका थिए। क्यामरुनले स्कटल्याण्ड अलग भएमा त्यो पिडा सहितको विच्छेद हुने समेत बताएका थिए।
यहाँ १६ वर्ष उमेर पुगेका सबैले यो जनमत संग्रहमा भाग लिन पाउँछन्। कुल मतदाता संख्या ४२ लाख ८५ हजार छ, जसमध्ये १८ वर्षभन्दा कम उमेरका मतदाता १ लाख १० हजारभन्दा बढी छन्।
तस्बिरहरु: एपी
प्रकाशित: २ आश्विन २०७१ २३:१८ बिहीबार