प्रवास

युएइमा नेपाली भलिबल टोलीको शानदार जित

युएईको अबुधावी स्थित केरला सोसाइटी अबुधाबीले  अवसरमा आयोजना गरेको रभि कालियोट स्मृति खुल्ला अन्तर्राष्ट्रिय भलिलीबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराउदै रभि कालियोट स्मिर्ती कप नेपालको पक्षमा पार्न सफल भएको हो । खेलको आधा समय सम्म पाकिस्तानको पक्षमा रहेको बललाई रोकेर नेपालले १६-१४ ले जित हासिल गरेको हो। लगातार दुई दिन सम्म भएको खेलमा नेपाल, भारत, फिलिपिन्स, पाकिस्तानले सहभागिता जनाएका थिए।

विगतमा राष्ट्रिय खेलहरुमा सहभागिता जनाउदै आएका नेपाली खोलाडीहरु पछिल्लो समय रोजगारीको शिलशिलामा युएई आएर पनि देशको गौरव बढाउने काम गरिरहेको भलीबल टिम संयोजक हिरालाल श्रेष्ठले बताए।

भलिबल खेलको लागि नेपालको तर्फबाट दान बहादुर जिसी, इश्वर घमाल, प्रताप खवास, झोम थापा, प्रेम शाही, खुशी चौधरी, डायमण्ड बस्नेत, अम्मर गिरी, सन्तोष गुरुङ,मोहन खड्का बोम थापा, बिष्णु कुमार श्रेष्ठ र  संयोजक हिरा लाल श्रेष्ठ रहेका थिए। खेलाडीहरुको मनोबल बढाउन नेपाली दर्शकहरुको थुप्रै उपस्थित रहेको थियो। नेपालले रभी कालियोट स्मृति कप सँगै नगद  एक लाख पचास हजार रुपैयाँ (युएई दिराम पाँच हजार ) जितेको छ।

 

प्रकाशित: ५ असार २०७३ १४:३९ आइतबार

युएइमा नेपाली भलिबल टोलीको शानदार जित