बजार

एक हजार २०० रुपैयाँले बढ्यो सुन, चाँदी पनि मंहगियो

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन (आइतबार) एक हजार २०० रुपैयाँले बढेको छ। 

आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै सोही परिणामको चाँदी ९५ रुपैयाँले बढेर पाँच हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रुपैयाँ कायम भएको थियो।

प्रकाशित: ६ वैशाख २०८३ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App