६ वैशाख २०८१ बिहीबार
निर्वाचन विशेष

वालिङमा एमालेका कृष्ण खाँण प्रतिद्वन्द्वी दिलिपसंग १ हजार ८४ मतले अगाडि

वालिङमा नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी दिलिप प्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर १ हजार ८४ रहेको छ।

उपप्रमुख नेपाली कांग्रेसका कविता तिवारीले ५ हजार ३४९ मत ल्याएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले ५ हजार ७३० ल्याएकी छिन्। थापा तिवारीभन्दा ३७१ मतले पछि परेकी छन्।

हालसम्म वालिङका १४ वडा मध्ये १, २, ३, ४, ५, र ७ वडाको मत गणना सम्पन्न भएको छ। जसमध्ये वडा नम्बर १, २, ५ कांग्रेस र ३, ४, ७ नेकपाएमालेले चुनाव जितेका छन्। वालिङमा कुल ३९ हजार ६५९ मतदाता रहेकोमा २६ हजार ७७४ मत खसेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App