६ वैशाख २०८१ बिहीबार
निर्वाचन विशेष

ओलीको वडामा कांग्रेसको प्यानलै विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरेको हो।

कांग्रेसका प्रदीप कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकातर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।

खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन्। महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा (दाहाल) ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App