८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

पहिलोपल्ट एकले, दोस्रो गणनामा नौ मतले विजयी!

जुगल गाउँपालिका–२ को वडाध्यक्ष निर्वाचित गर्न दुई पटक मतगणना गर्नु परेको छ। पहिलो पटक एक र दोस्रो गणनामा नौ मतान्तरले एमाले उम्मेदवार चन्द्रकाजी लामा वडाध्यक्ष निर्वाचित भएका हुन्।  

शनिबारको मतगणना सम्पन्न हुँदा उनले एक मतले अग्रता लिएका थिए । तर माओवादीले मतपरिणाम स्वीकारेन। बरु पुनः मतगणना गर्न माग गर्‍यो। यही विवादले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्वाचित भएको घोषणा गरेन।

चन्द्रकाजीका प्रतिस्पर्धी माओवादी उम्मेदवार प्रताप लामा थिए। प्रताप निवर्तमान वडाध्यक्ष पनि हुन्। चन्द्रकाजीले ६ सय ८ र प्रतापले ६ सय ७ मत प्राप्त गरेको अधिकृतको कार्यालयले जनाएको थियो। मात्र एक मतले वडा गुम्ने भएपछि माओवादीले पुनः मतगणनाको माग गर्‍यो। लामो विवादपछि दुबै दल पुनः मतगणना गर्न राजी भए।  

दोस्रो पटक आइतबार सम्पन्न मत परिणामअनुसार एमालेका चन्द्रकाजीले अरु चार मत थपेर ६ सय १२ मत ल्याए। प्रतापको सुरुको चार मत घटेर ६ सय ३ मा खुम्चियो। र, पहिलो स्थानीय तह निर्वाचन भएपछिका पाँच वर्ष प्रतापको वडासचिव बनेर काम गरेका चन्द्रकाजी प्रतापलाई नौ मतले हराएर वडाध्यक्ष चुनिए।

प्रकाशित: १ जेष्ठ २०७९ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App