८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

बुद्धभुमी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका बस्नेत विजयी

कपिलवसतुको बुद्धुभुमी नगरपालिकामा– १ मा कांग्रेसका लितक बस्नेत दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन्। 

२०७४ साल समते निर्वाचित भएका बस्नेत ७९ मत अन्तरले विजयी भएका हुन्। कुल खसेको ४४ सय ३४ मत मध्ये तिलक बस्नेत उनले १५ सय ६० र एमालेका बलराम भुसालले १४ सय ८१ तथा बिपी कांग्रेसका दिनेश थारुले ८७१ मत ल्याएका छन। मेयरमा कांग्रेसका केशव कुमार श्रेष्ठले २ सय ४७ मतको अग्रता लिएका छन्। 

उनले १८ सय ३९ र एमालेका पितम्बर खनालले १५ सय ९२ मत ल्याएका छन्। यस्तै उम मेयरका कांग्रसेले १६ सय ८० र सुर्यले १७ सय २७ मत ल्याएका छन्। कांग्रेसले आइताबार दिउँसोसम्म बाणगंगा नगरपालिका वडा नम्बर १ र ११, शिवराज नगरपालिका ११ र कपिलवस्तु नगरपालिका १२ काे वडाध्यक्षमा जितेको छ। कांग्रेसले आइताबार दिउँसोसम्म ५ वटावडाध्यक्ष जितीसकेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App