२१ मंसिर २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

साकेला उधौली मनाइँदै

गाईघाटमा आयोजित उधौली सुरुको अवसरमा भेला भएका सहभागी । तस्विरः महेश्वर <br>

किराती समुदायको दोस्रो ठूलो चाड साकेला उधौली (छिरिनाम ५०८५) बिहीबारदेखि सुरु भएको छ । छिरिनाम सुरुवातको अवसरमा सदरमुकाम गाईघाटलगायत उदयपुरका विभिन्न ठाउँमा शिकारी र भूमि पुजनलगायत बिबिध गतिबिधि सुरु भएको छ । उधौलीको अवसरमा सदरमुकाम गाईघाटमा किरात राई यायोक्खाले सामुहिक शिकारी पुजन तथा भूमि पूजा र साकेला कार्यक्रमको आयोजना गर्यो । बिहीबार त्रियुगा नगरपालिका ११ साकेलाथानस्थित किरात साँस्कृतिक पर्यटकीयस्थल परिसरमा भूमि पूजा शिकारी पूजा गरेर विधिवत रुपमा उधौलीको सुरुवात गरिएको हो ।  

कार्यक्रलममा किराती विजुवा (नछुङ) भरतशेर राईले शिकारीस्थानमा वाडिमा (अण्डा), वापा (रातो भाले) र वासिम–आराखा (जाँड–रक्सी) चढाउदै सामुहिक मछामा खिम (पितृ घर)को तीन चुल्हामा रातो भाले बली दिएर उधौलीसुरुवात गरे । नछुङले सुरु गरेपछि गाउँगाउँमा साकेला उधौली बाटो सबैलाई खुल्नेगर्छ ।  

यायोक्खाले किराती समुदायका महान् चाडहरु ‘साकेला उभौली (धिरीनाम) र उधौली (छिरीनाम)’ गरिवर्षमा २ पटक मनाउने गरिएको छ । छिरीनामजाडो याम सुरु भएको संकेतको रुपमा तथा नयाँ अन्नबाली घरमा थन्क्याएर पितृलाई चढाउन मनाइने प्राकृतिक चाड हो । त्यसैगरि धिरिनाम गर्मी सुरु भएको संकेतका रुपमार अन्नबाली लगाउनुअघि भूमि पूजा गरेर मनाउने चाड रहिआएको छ ।  

गाईघाटसँगै त्रियुगा नगरपालिका ३ मोतिगडा, ४ बगाहा, ५ श्रीपुर र दमौटीमा पनि छुट्टाछुट्टै कार्यक्रम गरि मनाइदैछ । त्यसैगरि त्रियुगा १ र २ जोगीदह,१० नं. बोक्से र बाबरी, १२ पुरानो गाईघाट,१४ साउने, १५ खाँबु डहर, १६ नं. वडाको चिलाउनेमा पनि छिरिनामको अवसरमा कार्यक्रम आयोजना गरिएको स्थानीय यायोक्खाहरुले जनाएका छन् ।  

उता जिल्लाका चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका विभिन्न ठाउँमा भव्यरुपमा उधौली चाड मनाइएको छ । चौदण्डीगढी ६ र ७ बेलटार, ३ र ४ बसाहा, १ चौदण्डीगढी तथा २ नं. भुल्के झोडामा अलग अलग कार्यक्रमका साथ उधौली मनाइएको छ । त्यसैगरि बेलका नगरपालिकाका विभिन्न वडा र साकेलास्थानमा जम्मा भएर छिरिनामको औपचारिक सुरुवात भएको छ ।

कटारी नगरपालिकाको कटारी बजारस्थित साकेला थानमा भेला भएका किराती राई समुदायले शिकारी पूजा गर्नुका साथै शुभकामना आदान प्रदान गर्दै छिरिनाम मनाएका छन् । यायोक्खा नेतृ मेनुका राईका अनुसार कटारी ३ च्याँगा र ४ नं. वडा कटारी बजारमा पनि धुमधामसँग छिरिनाम मनाइएको छ । कटारीकै ६ नं. वडा चुहाडमा पनि धुमधामसँग छिरिनाम उधौली मनाइएको यायोक्खा ६ नं. अध्यक्ष  मञ्जु दुमी राईले बताएकी छिन् ।  

त्यसैगरि पहाडी गाउँपालिकाहरु लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढीका विभिन्न वडामा पनि बिहीबारदेखि बिबिध कार्यक्रमका साथ छिरिनाम धुमधामसँग मनाउन थालिएको यायोक्खाले जनाएको छ ।  

अहिले किरात संवत (यल दुङ ५०८५)वर्षको छिरिनाम मनाउन थालिएको हो । किराती प्रथम राजा यलम्बरकालीन संवत हरेक माघ १ गतेदेखिसुरु हुने यायोक्खाले जनाएको छ । यल संवत विश्वको सबभन्दा पुरानो सभ्यताको संवत भएको यायोक्खाको भनाई छ । यो संवत विक्रम संवतभन्दन ३ हजार ४ वर्षले अगाडिको सभ्यता भएको किराती अगुवाहरुको भनाई छ ।  

भाषाशास्त्री तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रमुख डा. कैलाशकुमार राईका अनुसार विक्रम आदित्यले सञ्चालनमा ल्याएको नेपाली संवत हाल २०८२ चलिरहँदा यल संवत ५०८५ पुगिसकेकाले यो विश्वकै सबभन्दा पुरानो सभ्यता हो । यो सभ्यता धेरै पुरानो भएकाले यसलाई राज्यले राष्ट्रिय संवतको मान्यता दिनुपर्ने तर्क क्याम्पस प्रमुख डा. राईको   छ ।  

नेपालका सभ्यता र धरोहरहरुमध्ये किरात संवत अर्थात यल दुङ पनि एउटा महत्वपूर्ण रहेकाले यसलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिनुपर्ने डा. राई बताउँछन् । यो सभ्यता संभवतः विश्वकै पुरानो हुनसक्ने भन्दै उनले नेपालको सबभन्दा पुरानो सभ्यता भएकोमा त शङ्कै नरहेकोडा. राईको दावी छ ।  

 

प्रकाशित: १८ मंसिर २०८२ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App