२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

नेपाल लाइफले बनायो बिमा शुल्कमा कीर्तिमान, दश अर्ब आर्जन

नेपाल लाईफ इन्स्योरेन्सले नेपालको जीवन बिमा इतिहासमै पहिलो पटक एक वर्षभित्रै १० अर्ब रूपैयाँ प्रथम बिमा शुल्क आम्दानी गर्न सफल भएको छ।  

इन्स्योरेन्सको एजेन्सी तालिम प्रमुख रोजेश बस्नेतका अनुसार, आर्थिक वर्ष २०८१।८२ को बिमा कारोबारको अन्तिम दिन हिजो मंगलबारसम्ममा १० अर्ब रूपैयाँभन्दा बढी प्रथम बिमाशुल्क संकलन गर्न सफलता मिलेको हो।  

गत आव २०८०/८१ को तुलनामा इन्स्योरेन्सको प्रथम बिमा शुल्क आम्दानी झण्डै २२ प्रतिशतले वृद्धि देखिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा इन्स्योरेन्सले ८ अर्ब २२ करोड रूपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो।

यसअघि आव २०७६/७७ मा प्रथम बिमा शुल्क ९ अर्ब ६१ करोड रूपैयाँ आर्जन गरेको थियो। त्यसयताका वर्षहरूमा ६ देखि ८ अर्ब रूपैयाँ हाराहारीमा सीमित रहेकोमा यो वर्ष पुनः नयाँ व्यवसायवापतको आम्दानीमा लय समाउँदै नयाँ कीर्तीमान कायम गर्न सफल भएको हो।  

नेपालको जीवन बिमा बजारमा नेपाल लाइफले झण्डै २५ प्रतिशत हिस्सा ओगटेको छ।

प्रकाशित: ३२ असार २०८२ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App