विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालीसिसी र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको राष्ट्रिय वेस्ट ह्याकाथनमा सहभागी तीन उत्कृष्ट समूहलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।
फोहरमैला व्यवस्थापनका लागि केन्द्रित यो पहिलो ह्याकाथनमा सहभागिताका लागि ४०० भन्दा बढीले आवेदन दिएका थिए। अन्तिममा १३ उत्कृष्ट टोली छनोटमा परेका थिए । यसरी छानिएका समूहले प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नवीन पहलहरू प्रस्तुत गरेका थिए।
थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीको टिम इकोलुपले ट्रयास डिजिटाइज शीर्षकअन्तर्गतको आफ्नो नवीन सोलुसन्स/समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए।
यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्रयाक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइप विकास गरेका छ। टिमका सदस्यहरूमा नितेशकुमार साह, धर्मेन्द्रसिंह चौधरी, रमेश कठायत र विपिनकुमार मरासिनी रहेका छन्।
त्यसैगरी किङ्स कलेज नेपालका विद्यार्थीको फुलस्ट्रयाकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात् दोस्रो स्थान प्राप्त गर्यो। सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कविस पोख्रेल थिए।
सेकेन्ड रनर अफ अर्थात् तेस्रो स्थान काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीको टिम सोर्स कोडले हासिल गरेको थियो। यो टिममा अमनकुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए। उनीहरूले वेस्ट विदाउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए।
प्रकाशित: २७ जेष्ठ २०८२ ०८:०९ मंगलबार




-600x400.jpg)
