२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबिच ३८.४ करोडको प्राथमिक शेयर निष्कासन सम्झौता

माछापुच्छ्रे क्यापिटल लिमिटेड र नर्थ समिट हाइड्रो लिमिटेडबिच नर्थ समिटले जारी गर्ने ३८ लाख ४० हजार कित्ता प्राथमिक शेयर निष्कासनका लागि सम्झौता भएको छ।

कुल ३८.४ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्शदाताको रूपमा नियुक्त गरिएको हो।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिटका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नर्थ समिटले लमजुङको मर्स्याङदी गाउँपालिकामा न्यादी र फिदीखोलाको पानी उपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनीका रूपमा स्थापित मर्चेन्ट बैंकर हो, जसले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवाहरू प्रदान गर्दै आएको छ।

यो सम्झौताले नर्थ समिटको जलविद्युत आयोजनालाई वित्तीय रूपमा सुदृढ बनाउन र सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App