२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, दुई लाख २१ हजार नाघ्यो

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँ बढेर दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। हिजो सुन तोलामा दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर दुई हजार ६८० रुपैयाँ पुगेको छ। यो पनि हालसम्मकै उच्च हो। हिजो चाँदीको मूल्य तोलामा दुई हजार ६५० रुपैयाँ थियो।

प्रकाशित: ७ आश्विन २०८२ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App