२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

एमएडब्लु वृद्धिको एक्सचेन्ज मेलामा ग्राहकको उत्साहकजनक सहभागिता

नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले काठमाडौं गैरीधारास्थितएलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल मेलामा ग्राहकहरुको उत्साहजनक सहभागिता पाइएको छ ।  

शुक्रबारदेखि आइतबारसम्म चलेको एक्सचेन्ज मेलामा पहिलो दिनदेखि नै ग्राहकहरुले उत्सुकतापूर्वक सहभागिता जनाएका थिए । ग्राहकहरु दिपल, अवतार, नामीर सेरेसका इभीहरुमा बढी आकर्षित देखिएका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।  

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गरेका छन् । काठमाडौंमा आयोजना भएको मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामीर सेरेसजस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्ने र टेस्ट ड्राइभ गर्ने अवसर पनि पाएका थिए ।  

ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालकाशीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराए । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाएका छन्, जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ उनीहरुले पाएका थिए । यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकलाई नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर उपलब्ध गराइएको थियो । 

प्रकाशित: २६ आश्विन २०८२ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App