७ वैशाख २०८१ शुक्रबार
खेल

न्यु सेप जिमलाई उपाधि

विराटनगर हाटखोलाको क्वालिटी थाई फुड्सलाई ३–१ ले पराजित गर्दै टंकीसिनवारीको न्यु सेप जिम एन्ड फिटनेस वर्ल्डले ‘कर्पोरेट फुटसल’ को उपाधि हात पारेको छ।

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आयोजना गरेको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा सेप जिमका तर्फबाट सुमन लिम्बु, सुमितकुमार चौधरी र निशान थापामगरले गोल गरेका थिए। थाई फुड्सका लागि मलिन कार्कीले गरेको गोल सान्त्वना मात्र भयो। प्रतियोगितामा जय माँ कालीका ईश्वर खवास हाई स्कोरर हुँदा न्यु सेप जिमका निशान थापामगर उत्कृष्ट गोलरक्षक भए।

प्रतियोगिताको विजेता टोली न्यु सेप जिमलाई १ लाख र उपविजेता टोली क्वालिटी थाई फुड्सलाई ५० हजार रूपैयाँ प्रदान गरिएको थियो। हाई स्कोरर र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपियाँ प्राप्त गरेका थिए। प्रतियोगिताका विजयी खेलाडीलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष सन्तोष बानियाँ, खेल संयोजकब उत्कृष्ट भट्टराई, युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष राघव कोइरालालगायतले ट्रफी र पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको सहप्रायोजन नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक) ले गरेको थियो।  

प्रकाशित: ७ आश्विन २०७९ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App