८ वैशाख २०८१ शनिबार
खेल

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी आइतबार टिम च्याम्पियन बनेको छ। कुल १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा एपिएफ क्लब ९ स्वर्ण, ६ रजत आठ कांस्यका साथ दोस्रो भयो। तेस्रो स्थानको बाग्मती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य हात पार्‍यो।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल पुलिस क्लबले जित्यो। पुलिसले तीन रजत र चार कांस्य पनि हासिल गर्‍यो। सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे। प्रतियोगिताको पुरुषमा एपिएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भए।

शिवराजले तीन स्वर्ण र एक रजत जिते। जयरानीले दुई राष्ट्रिय कीर्तिमानीसहित चार स्वर्ण कब्जा गरिन्। जयरानीको नाममा थप एक रजत पदक पनि रह्यो। जयरानीले एक सय र चार सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन्। प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने। थप एक कीर्तिमान आर्मीका जीवन थारूले पुरुष एक सय १० मिटर हर्डल्समा बनाए। जीवनले एक कीर्तिमानीसहित २/२ स्वर्ण र रजत पदक जिते। प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरियो।

सन्तोषीलाई दुई स्वर्ण

एपिएफका गोपीचन्द्र पार्की र बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले आइतबार तीन हजार मिटर दौडमा आइतबार स्वर्ण पदक जितेका छन्।

दशरथ रंगशालामा सम्पन्न तीन हजार मिटर दौडमा गोपीचन्द्रले आठ मिनेट २९.५ सेकेन्ड समय लगाउँदा सन्तोषीले १० मिनेट ६.७ सेकेन्डको समय निकालिन्। यस प्रतियोगितामा सन्तोषीको यो दोस्रो स्वर्ण हो। उनले यसअघि १५ सय मिटरमा समेत स्वर्ण जितेकी थिइन्। पुरुषतर्फ आर्मीका मुकेश पालले आठ मिनेट ३० सेकेन्डमा पूरा गर्दै रजत जिते। आर्मीकै दीपक अधिकारीले आठ मिनेट ३८.० सेकेन्ड समय निकाल्दै कांस्य पदक हात पारे। तीन हजार मिटर महिलामा पुलिसकी राजपुरा पछाई १० मिनेट ८.४ सेकेन्ड समय निकाले पनि रजत पदकमै खुम्चिइन्।

त्यस्तै कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेन्ड समयसहित कांस्य पदक जितिन्। चार गुणा चार सय मिटर रिले महिलामा एपिएफ, आर्मी र बाग्मती शीर्ष तीनमा रहे। पुरुषतर्फ चार गुणा चार सय मिटरमा भने आर्मीले एपिएफलाई पछि पार्दै स्वर्ण पदक जित्यो। यस विधामा पुलिस तेस्रो भयो। त्रिपल जम्पको महिलातर्फ एपिएफकी शीला चौधरीले स्वर्ण पदक जितिन्। पुलिसकी सीमा चौधरीले रजत र आर्मीकी निर्मला थापाले कांस्य पदक जिते। शीलाले ११.०४ मिटर, सीमाले १०.५२ मिटर र निर्मला थापाले ९.८९ मिटर जम्प गरे। पुरुषतर्फ बाग्मतीका भुवन महतो १३.८२ मिटर जम्प गर्दै विभागीय प्रतिस्पर्धी पछि पार्न सफल भए।

आर्मीका शेरबहादुर विष्टले १३.५३ मिटर र सलिम देवानले १३.४४ मिटर जम्प गर्दै दोस्रो र तेस्रो स्थान प्राप्त गरे। डिस्कस थ्रोमा आर्मीले महिला र पुरुष दुवैमा स्वर्ण पदक जित्यो। महिलामा आर्मीकी सीता शाहीले ३३.५३ मिटर थ्रो गर्दै स्वर्ण जित्दा पुरुषतर्फ चित्रबहादुर वलीले ३६.८९ मिटर थ्रो गर्दै शीर्षता कायम गरिन्।

प्रकाशित: १३ असार २०७९ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App