१५ चैत्र २०८० बिहीबार
खेल

ढोलाहिटीलाई उपाधि

ढोलाहिटीले मंगलबार प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित गर्‍यो। ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नीतिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे। फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए।

उपाधिसँगै ढोलाहिटीले १ लाख नगद पुरस्कार पायो भने फ्रिडमले ५० हजार नगदमा चित्त बुझायो। काठमाडौं महानगरपालिका–७ को सहयोगमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए।

दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए। दुवै ढोलाहिटीका हुन्। प्रतियोगिताभर ९ गोल गरेका फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बने। विजेतालाई पूर्वमन्त्री गगनकुमार थापा, वडा ७ का अध्यक्ष विमलकुमार होडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। जेठ २६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १५ टिम सहभागी थिए।

प्रकाशित: १ असार २०७९ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App