९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आइपिएलः इंग्ल्याड र अस्ट्रेलियाका खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा सहुलिएत नदिइने

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा इंग्ल्याड र अस्टे«लियाका खेलाडीहरुलाई अनिवार्य क्वारेन्टिनको सुविधामा सहुलिएत नदिइने भएको छ । ६ दिनको अनिवार्य क्वारेन्टिनको नियम पालना गर्दै उनीहरुले खेलाडीबाट अलग, सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले जनाएको छ ।  

हाल अस्टे«लिया तीन खेलको टी–ट्वान्टी र तीनवटा एकदिबसीय सिरिजका लागि लागि इंग्ल्याड भ्रमणमा छ । यो सिरिज समाप्त भएलगत्तै खेलाडीहरुलाई १७ सेप्टेम्बरमा चार्टड उडान मार्फत यूएई ल्याइने छ ।  

६ दिनको सेल्फ क्वारेन्टिनसंगै उनीहरुले तीनपटक कोरोना परिक्षण अनिबार्य गर्नुपर्ने छ । पहिलो दिन, तेष्रो दिन र छैटौ दिनमा कारोना परिक्षण रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई २४ सेप्टेम्बरबाट टीममा सहभागी गराउन पाइने छ ।  

यसअघि रोयल च्यालेन्जर्स ब्याङ्लोरका चियर पर्सन संजिव चुरिवाला लगाएतले इंग्ल्याड र अस्टे«लियाबाट आउने खेलाडीलाई कोरोना प्रोटोकल (बायो मेर्टिक) नियममा  सहुलिएत दिनुपर्ने माग गरेका थिए । इंग्ल्याड र अस्टे«लियाका खेलाडी पहिलेदेखिनै बायो मेट्रिक नियम पालना गरिरहेको र उनीहरुलाई चार्टर गरेरे ल्याउनु पर्ने भएकाले सहुलिएत दिनु पर्ने उनीहरुको तर्क थियो ।

तर, बिसिसिआईले अनिवार्य क्वारेन्टिनको कुरालाई मध्यनजर गर्दै आइपिएलको खेल तालिका सार्वजनिक गरेकोले सहलुएत हेरफेर नहुने स्पस्ट पारेको छ ।

२४ सेप्टेम्बरसम्म मुम्बइ इन्डियन्स र चेन्नेई सुपरकिंसले समान दुइ  तथा अन्य टीमले एक एक खेल खेल्ने छन् । यो नियमबाट  सबैभन्दा बढि राजस्थान रोयल्स (आरआर) सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । उसका कप्तान स्टिभ स्मिथसहित, जोस बटलर र जोर्फा आर्चरले पहिलो खेल गुमाउने छन् ।

यस सिजनको आईपिएलमा इंग्ल्याड र अस्टे«लियाका २१ जना खेलाडी सहभागी हुदैं छन् । कोरोना महामारीका कारण यस सिजनको आइपिएल यूएईमा १९ सेप्टेम्बर देखि सुरु हुँदै छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पिएन मुम्बई इन्डियन्स र चेन्नेइ सुपरकिंसले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित: २३ भाद्र २०७७ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App