९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आइपिएलको नयाँ प्रस्ताव

भारत सरकारले अनुमति दिए विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) संयुक्त अरब इमिरेट्समा आगामी सेम्टेम्बरमा आयोजना हुने अध्यक्ष ब्रिजेश पटेलले बताएका छन्।  

अस्ट्रेलियामा आगामी अक्टोबर महिनामा तय भएको ट्वान्टी–२० विश्वकप क्रिकेट आगामी २०२१ सम्मका लागि स्थगित भएपछि आइपिएलको आयोजकले नयाँ प्रस्ताव अघि सारेको हो। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि अप्रिल महिनाका लागि तय भएको आइपिएल स्थगित भएको थियो। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले ट्वान्टी–२० प्रतियोगिता स्थगित भएपछि नयाँ तालिका र स्थानलाई प्रस्ताव राख्दै आइपिएल गर्ने मनसाय देखाएको हो।

त्यसका लागि नोभेम्बर महिनाभित्र विदेशी खेलाडीलाई टिममा समावेश गर्ने सम्मको योजना आइपिएलको आयोजकले प्रस्ताव गरेको छ। ‘युएईमा आयोजना गर्ने योजना बनाएका छौं। तर, सरकारबाट अनुमति लिनुपर्छ,’आइपिएलका अध्यक्ष ब्रिजेश पटेलले भने। भारतीय सञ्चार माध्यमले आइपिएल सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म हुने दाबी गरिरहेका छन्। तथापि, आधिकारिक रूपमा बिसिसिआईले सार्वजनिक गरेको छैन।  

साथै अध्यक्ष पटेलले खेल बन्द रंगशालामा खेलाउने या नखेलाउने विषयमा युएई र भारत सरकारको अनुमति पछि मात्र निर्णय हुने उल्लेख गरेका छन्। बिसिसिआइको आर्थिक संकलनमा आइपिएल महत्वपूर्ण आम्दानीको श्रोत हो। यस सिजन आयोजना हुन नसके बिसिसिआईलाई करिब पाँच सय अमेरिकी डलर घाटा हुने अनुमान गरिएको छ भने प्रतियोगिता आयोजना भए भारतीय सरकारले ११ बिलियन अमेरिकी डलर आम्दानी गर्नेछ। 

प्रकाशित: ७ श्रावण २०७७ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App