इटहरी - त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी इटहरीमा जारी योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
इटहरी रंगशालाको कभर्डहलमा बिहीबार सम्पन्न खेलमा जित निकाल्दै आर्मीका खेलाडीद्वय रत्नजित र नवीन श्रेष्ठ, एपिएफका दीपेश धामी र भोजपुरका विकास श्रेष्ठ पुरुष एकलको सेमिफाइनलमा पुगेका हुन्। उपाधि यात्राका लागि रत्नजितले नवीनसँग र दीपेशले विकाससँग चुनौती प्रस्तुत गर्नेछन्। नेपाल खेलकुद महासंघको तŒवावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीका रत्नजितले नेपाल पुलिसका सुनील जोशीलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।
रत्नजितले क्वार्टरफाइनल सुनील जोशीलाई २१–१० र २१–१३ ले पराजित गरे। रत्नजितले सेमिफाइनलमा आर्मीकै नवीन श्रेष्ठविरुद्ध चुनौती प्रस्तुत गर्ने भएका छन्।
नवीनले पनि आफ्नै क्लबका प्रफुल महर्जनमाथि १३–२१, २१–११, २१–१५ को कठिन जित निकालेका थिए। प्रतियोगिताको पुरुष एकलकै सेमिफाइनलमा पुगेका एपिएफका दीपेशले आर्मीका रुकेश महर्जनमाथि २१–१६ र २१–१६ को जित निकालेका थिए। सेमिफाइनलमा दीपेशको भिडन्त राष्ट्रिय पूर्वच्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुनेछ।
विकासले भने पुलिसका जीवन आचार्यमाथि २१–७, १८–२१,२१–११ को कठिन जित निकालेका थिए। पुरुष एकल खुलातर्पm आर्मीका पविन लिनथेप बाँकेका रियाज अन्सारीलाई १६–२१, २१–७ र २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए। पविनले सेमिफाइनलमा एपिएफका प्रियान्सुसिंह क्षेत्रीसँग प्रतिस्पर्धा गर्नेछन्। प्रियान्सुले एपिएफका इन्द्रबहादुर महतलाई २६–२४ र २१–१९ ले पराजित गरे।
कैलालीका देवराज राना र एपिएफका नीराजन देवकोटा पनि अन्तिम चारमा पुगेका छन्। रानाले पुलिसका पूर्णबहादुर थापालाई २१–१६, २१–१५ ले तथा देवकोटाले झापाका प्रनिशसिंह ठकुरीलाई २१–१५, २१–१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन्। महिला जोडीतर्पm पहिलो चरणमा भोजपुरकी सीता राई र लोकत्मा राईको जोडीले विजयी सुरुआत गरेको छ। राईको जोडीले रूपन्देहीका सुन्दरी थारू र पूजा विष्टलाई २१–१९, २१–१९ ले पराजित गरे।
कैलालीकी प्रार्थना देउवा र एलिना तिवारीले धनकुटाका इन्दिरा राई र सृजना घिसिङबाट तथा बाँके÷मोरङका सम्झना शर्मा र सीमा राजवंशीले धनकुटा÷झापाका अरुणा तामाङ र अन्जना राईको जोडीबाट वाकओभर प्राप्त गरेका थिए। छात्र यु–१७ एकलतर्फ कैलालीका अमृत चौधरीले दाङका सफिक इद्रिसीलाई २१–१५, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
यस्तै सेनाका भोजबहादुर गुरुङले बुढासुब्बाका सत्यम सुब्बालाई २१–८, २१–७ ले, एपिएफका प्रियान्सुसिंह क्षेत्रीले सुनसरीका शशांकलाई २१–८, २१–१३ ले तथा कञ्चनपुरका हिमाल चन्दले एपिएफका पेम्बा शेर्पाबाट वाकओभर प्राप्त गर्दै अन्तिम चारमा स्थान बनाए।
प्रकाशित: २७ भाद्र २०७६ ०२:४३ शुक्रबार