९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आइपिएलको प्लेअफ समीकरण पूरा

मुम्बई – मुम्बई इन्डियन्सले आइतबार कोलकाता नाइट राइडर्सलाई निराश पारेसँगै इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ समीकरण पूरा भएको छ ।

कोलकातामाथि हात पारेको ९ विकेटको सहज जितपछि मुम्बईले शीर्ष स्थान पक्का ग¥यो । सनराइजर्स हैदराबाद भने कोलकाता पराजित भएसँगै समान १२ अंक भए पनि राम्रो रन रेटमा भाग्यमानी साबित बन्दै प्लेअफ प्रवेश गर्ने चौथो टोली बन्यो । चेन्नई सुपरकिङ्स दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो बन्यो । मुम्बई, चेन्नई र दिल्लीको समान १८ अंक भए पनि रनरेटले पहिलो, दोस्रो र तेस्रो टोलीको निर्धारण गरेको हो ।

पहिलो प्लेअफमा मुम्बईले चेन्नईको सामना गर्नेछ । जहाँको विजेता सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीको विजेताले इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा दिल्ली र हैदराबाद आमने सामने हुनेछन् ।

कोलकाताले प्रस्तुत गरेको १ सय ३४ रनको सामान्य लक्ष्य १६.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा ग¥यो । मुम्बईका कप्तान रोहितकुमार शर्माले अविजित ५५ र सूर्यकुमार यादवले अविजित ४६ रनको योगदान गरेका थिए । शर्मा र यादवले दोस्रो विकेटका लागि अविजित ८८ रनको साझेदारी गरेसँगै मुम्बईले सहज जित पक्का गरेको थियो । ४८ बल खेलेका रोहितले ८ चौका प्रहार गर्दा यादवले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

यसअघि पहिलो विकेटका लागि शर्मा र ओपनर क्विन्टन डी ककसँग ४६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । २३ बलको सामना गरेका डी ककले १ चौका र ३ छक्का प्रहार गरे । कोलकाताका प्रसिद किसनले मात्र एक विकेट लिन सके ।

यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनको योगफल खडा गरेको थियो । कोलकाताका ओपनर क्रि लेनले ४१ र रोबिन उत्थपाले ४० तथा नीतिश रानाले २६ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन् ।

पहिलो विकेटका लागि लेन र सुबमन गिलले ४६ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए । तर साताैं ओभरको पहिलो बलमा गिल पवेलियन फर्किएसँगै कोलकाताको विकेट पतन सुरु भएको थियो । लेनले २९ बलमा २ चौका र ४ चौका प्रहार गरे । उत्थपाले ४७ बलमा १ चौका  र ३ छक्का प्रहार गरे ।

सनराइजर्स हैदराबाद भने कोलकाता पराजित भएसँगै समान १२ अंक भए पनि राम्रो रन रेटमा भाग्यमानी साबित बन्दै प्लेअफ प्रवेश गर्ने चौथो टोली बन्यो ।

प्रकाशित: २४ वैशाख २०७६ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App