९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट ह्याममा नास्री

लन्डन – डोपिङ प्रकरणमा मुछिएका आर्सनल तथा म्यानचेस्टर सिटीका मिडफिल्डर सामिर नास्री वेस्ट ह्याम युनाइटेडमा सोमबार आबद्ध भएका छन्।

३१ वर्षीय फ्रान्सका नास्रीलाई क्लबले सोमबार अनुबन्ध गरेको बताएको छ। डोपिङ प्रकरणमा मुछिएपछि नास्री गत जनवरी ३१ देखि कुनै पनि क्लबमा आबद्ध थिएनन्। यसै सिजनको अन्त्यसम्मका लागि सम्झौता गरेका नास्री १८ महिने डोपिङ प्रकरणपछि खेलमा फर्किने भएका हुन्। यसअघि नास्री टर्कीको क्लब एन्टाल्यास्पोरबाट व्यावसायिक फुटबल खेलेका थिए।

सिटीबाट ६ वर्ष व्यावसायिक फुटबल खेलेका नास्रीले क्लबलाई दुईवटा प्रिमियर लिगको उपाधि र एक लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

‘प्रतिस्पर्धात्मक लिगको क्लब वेस्ट ह्याममा आबद्ध हुन पाउँदा खुसी लागेको छ। राम्रो गर्ने उद्देश्यमा रहेको क्लब र प्रशिक्षकको अधिनमा रहेर खेल्न पाउनु मेरा लागि खुसीको कुरा हो। मेरा लागि यो सबैभन्दा राम्रो अवसर हो, जसलाई म प्रमाणित गर्न चाहन्छु,’ नास्रीले भने।

नास्री प्रिमियर लिगका २ सय १५ खेलमा खेलिसकेका छन्। आर्सनलबाट २००८ देखि २०११ सम्म खेलेका नास्री त्यसपछि  २५ मिलियन पाउन्डमा सिटीमा आबद्ध भएका थिए। २०१७ मा सिटीसँग सम्झौता सकिएपछि नास्री टर्कीको क्लबमा आबद्ध भएका थिए।

क्लबको वेभसाइटमा वेस्ट ह्याम युनाइटेडका प्रशिक्षक म्यानुयल पेलेग्रिनीले नास्रीसँग पुनः सहकार्य गर्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। ‘पछिल्लो केही साता खेलमा फर्किन उनले निकै ठूलो मिहिनेत गरेका छन्। शारीरिक तथा मानसिक हिसाबमा पनि तयार भएका छन्। लामो समयपछि खेलमा फर्किन लागेका नास्रीलाई राम्रो खेल्दै प्रमाणित गर्न चुनौती छ,’ प्रशिक्षक पेलेग्रिनीले भने।

नास्रीलाई शक्तिवद्र्धक औषधि प्रयोग गरेको भन्दै विश्व एन्टी डोपिङ एजेन्सीले छ महिना प्रतिबन्धको सजाय सुनाएको थियो। वेस्ट ह्यामसँग नास्रीलाई अर्को वर्ष सम्झौता नवीकरणका लागि विकल्प रहनेछ। 

प्रकाशित: १९ पुस २०७५ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App