८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

आइपीएल : घरेलु मैदानमा कोलकाताले पायो २११ रनको विजय लक्ष्य

कोलकता– भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान इडेन गार्डेनमा टस जितेर मुम्बईलाई व्याटिङ्गमा उतारेको काेलकाताले २११ रनको लक्ष्य पायो। मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनायो। 

मुम्बईका लागि इसन किसनले सर्वाधिक ६२ रन बनाए। २१ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे। सूर्यकुमार यादव र रोहित शर्माले ३६–३६ रन जोडे। बेन कटिङले २४, हार्दिक पाण्डेले १९ र इभन लुइसले १८ रन बनाए। 

बलिङतर्फ कोलकाताका पियुष चावलाले ३ विकेट लिए। 

प्रकाशित: २६ वैशाख २०७५ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App