१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कीर्तिपुरको विजयी सुरुवात

काठमाडौं –  कीर्तिपुर नगरपालिकाले  प्रदेश नम्बर ३ अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

शनिबार कीर्तिपुरमा भएको खेलमा कीर्तिपुरले बुढानीलकण्ठ नगरपालिकालाई ७५–६२ को स्कोरमा पराजित गर्यो । कीर्तिपुरको जितमा सौरव श्रेष्ठले सर्वाधिक २२ स्कोर जोडे।

पहिलो क्वाटरमा १८–२० को स्कोरमा पछि परेको कीर्तिपुरले दोस्रो क्वाटरमा १८–१२ को अग्रता लियो । तेस्रो क्वाटर पुन १४–२१ को स्कोरमा गुमाएपछि कीर्तिपुर ५०–५३ ले पछि परेको थियो ।तर चौथो क्वाटर २५–९ को फराकिलो अग्रता लिदै कीर्तिपुरले नतिजा आफ्नो पक्षमा पारेको थियो।

शनिबारै सम्पन्न अर्को खेलमा भक्तपुर नगरपालिकाले चन्द्रागिरी नगरपालिकाबाट वाक ओभर पायो । आठ दिने सम्म लिग कम नकआउट पद्दतीमा हुने प्रतियोगितामा  टोली सहभागी छन्।

प्रतियोगिताको शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैया प्राप्त गर्नेछन् छन् । त्यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ र सवार्धिकक स्कोरकर्तालाई जनही ५–५ हजार रुपैया हात पार्नेछन्।

प्रकाशित: २३ वैशाख २०७५ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App