८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

खुला फुटबल प्रतियोगिताको उपाधि देउति यूवा क्लबलाई

जुम्लामा आयोजित खुला फुटबल प्रतियोगिताको उपाधि तिला गाउँपालिकाको कुँडारी देउति कैलाश यूवा क्लबले हात पारेको छ।

क्लबले तातोपानी गाउँपालिका समाज चेतना क्लब हियाखोलालाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधिमाथि जित हात पारेको हो।

क्लवले ६६ हजार ६ सय ७० रुपैयाँ भ्याटसहित पुरस्कार, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेको छ।

यसैगरी दोस्रो स्थान हासिल गरेको समाज चेतना क्लब हियाखोलाले ३३ हजार ३ सय ३५ रुपैयाँ पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

शनिवार भएको खेलको शुरुआती १३ मिनेटमा गोल हान्न सफल भएको समाज चेतना क्लबलाई दोस्रो हाफको खेलको अन्तिम ५ मिनेटमा देउति कैलाश यूवा क्लबले गोल फर्काएको थियो। दुबै टिमले बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुट आउटमा देउतीले जित हासिल गर्यो।

दलित यूवाहरुको सशक्तिकरण तथा खेलाडि प्रतिभाको खोजी भन्ने उदेश्यका साथ  आयोजना गरिएको फुटबलमा प्रतियोगितामा १७ टिमको सहभागीता रहेको थियोे। जिल्ला फुटवल संघ जुम्लाका अध्यक्ष भरतबहादुर वुढ्थापाले खेल क्षेत्रमा खेलको नियम बुझ्ने र अनुशासित खेलाडीनै महत्त्वपूर्ण रहेको बताए।

दलित संगठनका केन्द्रीय सदस्य मंगला कामीले सवैको सहयोगमा यो खेल सम्भव भएको बताइन्।

यस्तै दोस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्ला फुटबल युवा क्लबले जितेको छ।

जुम्ला फुटबल युवा क्लबले १ लाख २ हजार २ सय २ रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको चन्दननाथ नगरपालिका–१ को दोभान शान्ति युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको लेकालि युवा क्बलका अध्यक्ष सन्तोष खत्रीले बताए। खेलमा २२ टिमले सहभागिता जनाएका थिए।  

प्रकाशित: २५ कार्तिक २०८१ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App