सेबले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेबले अमृतलाई ४–० गोलले पराजित गर्यो।सेबका अर्जुन राना मगरले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोल थपे।जितसंगै सेब क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वाटरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १–० गोलले हरायो। पुष्पकुञ्जका रविन जिसीले निर्णायक गोल गरे।
प्रगतिले श्रृजना ज्ञान सागरलाई २–० गोलले पाखा लगायो। प्रगतिका लागि दुवै गोल विशान्त पुटुवारले गरे । कौशलले विभूतिमाथि ४–० को सहज जित दर्ता गर्यो।कौशलका अतित श्रेष्ठले २ तथा जितराम भुलले १ गोल गरे।एक गोल आत्माघाती थियो।
प्रतियोगिताअन्तर्गत सोमबार ६ खेल हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन्।गल्र्स फुटबल भने सम्पन्न भइसकेको छ। गल्र्स फुटबलको उपाधि हिमरश्मिले जित्यो ।
प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे।प्रतियोगिता बिहीबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार मात्र गरिएको हो।
प्रकाशित: ७ माघ २०८० १४:५८ आइतबार