नेपाल सुपर लिग (एनएसएल) अन्र्तगत अहिले पोखरा थन्डर्स र चितवन एफसी खेल भइरहेको छ। काठाडौको दशरथ रंगशालामा भईरहेको यो खेलमा मध्यान्तर सम्म दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन।
आज साँझ ६ बजे चाहि ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबिच खेल हुनेछ। यस अघि हिजो उद्घाटन खेलमा साविक बिजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको छ।
प्रतियोगितामा ९ टोली छन।साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागी छैन।यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन्।
सिङ्गल राउण्ड रोविनमा हुने लिगमा कूल ४० खेल हुनेछ।जसमा लिग चरणमा हरेक टोलीले एक आपसमा खेल्नेछन् । त्यसपछि प्लेअफमा चार खेल हुनेछ। जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ।
प्रकाशित: ९ मंसिर २०८० ०८:०६ शनिबार