८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानबिरुद्ध नेपालले ११५ रन बनायो

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानको लागि अहिले नेपाल र जापानबिच खेल भईरहेको छ।

हङकङमा भईरहेको यो खेलमा नेपालले  टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ ।नेपालका लागि सबैभन्दा बढि पुजा महतोले  ५१ बलमा ३ चौकासहित ४३ रन बनाइन ।त्यसैगरी रोमा थापाले २२ रन , रुबिना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन बनाए ।त्यसैगरी सिताराना मगर ५ रन बनाएर आउट भइन।काजल श्रेष्ठ ३ रन तथा अस्मीना कर्मचाय २ रनमा नट आउट रहे । जितको लागि ११६ रन पछ्याएको जापानले ताजास्थीतामा ५ ओभरमा  कुनै विकेट नगुमाएर १६ रन बनाएको छ।

यस अघि हिजो लिग चराण्मा नेपालले जापानलाई ६७ रनले हराएको थियो। लिग चरण नेपाल हङकङमा  र तान्जानिया दुवैसंग पराजित भएको थियो । तीन खेलमध्ये  तीनै खेल जितेर हङकङ पहिलो तथातान्जानिया तीन मध्ये दुई खेल जितेर फाइनलमा पुृगेका छन । नेपाल पहिलो खेलमा तान्जानियासित २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा हङकङले नेपाललाई ९ विकेटबाट हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले हरायो।आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्।

प्रकाशित: ३ मंसिर २०८० ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App