आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले सय रन पूरा गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले सुरुमा कमजोर सुरुआत गरेपनि क्वेन्टन डि कक र एडेन मार्करमले पारी सम्हालेका छन्।
हालसम्मको अवस्थामा २१ ओभरको खेल चलिरहँदा दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १११ रन बनाएको छ।
दक्षिण अफ्रिकाका लागि डि कक ५७ बलमा ५९ रन र एडेन २७ रन बनाएर ब्याटिङ्ग गरिरहेका छन्।
दक्षिण अफ्रिकाका रेजा हेन्डरिक्स १२ र रसी भेन डर डसेन १ रन बनाएर आउट भएका छन्।
बङ्गलादेशका लागि मेहदी हसन मिर्जाले १ र सोरिफुल इस्लामले १ विकेट लिएका छन्।
प्रकाशित: ७ कार्तिक २०८० ०९:५७ मंगलबार